विश्व

बाढीपहिरोका कारण २४ जनाको ज्यान गयो

एजेन्सी। अत्यधिक ठूलो बाढीपहिरोका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ ।देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू भइरहेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको बताइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत