प्रेरणा

‘कर्म गर्दा गरिबी, जप गर्नाले पाप, मौन रहँदा झगडा, जागा रहँदा भयको नाश हुन्छ’

काठमाडौँ । महाभारतमा श्रीकृष्णले अर्जुनलाई गीता उपदेशमा कर्मको महत्व बताएका छन् । जो व्यक्ति आफ्नो कर्ममा पूर्ण इमान्दार भएर गर्दछ, उसको जीवनमा सुख समृद्धि रहिरहन्छ । धर्मका अनुसार कर्म गरिरहँदा गरिबी हटाउन सकिन्छ । मौन रहँदा झगडा नै हुँदैन ।

यसै सम्बन्धित प्रेरक विचारहरूः

  • त्यहि व्यक्ति बुद्धिमान हुन्छ जो आफ्नो नोक्सान, दुःख, घरको कुरा र आफूद्वारा अपमानित भएको घटना कसैसँग साझा गर्दैन ।
  • कर्म गर्दा गरिबी, जप गर्दा पाप, मौन रहँदा झगडा, जागा रहँदा भयको नाश हुन्छ ।
  • विपतमा मित्रको, युद्धमा वीरको, धन नष्ट हुँदा जीवन साथी र संकट समयमा सम्बन्धको महत्व हुन्छ ।
  • सामान्य व्यक्ति विद्वानसँग रहेमा ठूला ठूला समस्यालाई पनि सजिलै पार गलाउन सक्छ । यसकारण वुद्धिमान व्यक्तिको संगत गर्नु पर्दछ ।
  • जो व्यक्ति गलत काम गर्दछन्, सुरुमा रुखजस्तै फुल्दछन् । धेरै धन प्राप्त गर्दछन् । तर पछि जसरी रुख सुक्दै जान्छ, त्यसरी नै उसको धन सम्पति पनि नष्ट हुँदै जान्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत