स्वास्थ्य

कति थपिए काेराेना संक्रमित् ? गत २४ घण्टामा थप ७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।

यस्तै कोरोना भाइरसबाट हालसम्म डिस्चार्ज हुनेको संख्या हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । सोमबार मात्रै १ सय ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै देशभरमा १३० जना कोरोना संक्रमित थपिएका छन् ।

हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत