समाज

चालक अनुमतिपत्र बनाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कास्की । सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरा चाउथे बस्ने स्याङ्जाका ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका संचालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग लिएको कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमूना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत