अर्थतन्त्र

नेप्से थकाइ नमारि चढ्दैछ उकालाे

काठमाडौं । निरन्तर उकालाे लागिरहेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थकाइ नमारी उकालाे लागिरहेकाे छ । 

साताको दाेस्राे दिन साेमबार पनि दाेहाेराे अंकले बढेकाे छ । 

आइतबार ४८.७४ अंकले बढेर दुई नयाँ रेकर्ड कायम गरेको नेप्सेमा यसदिन ३७.४८ अंकले बढेर २५६१.४७ विन्दुमा पुगेको छ । यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । 

आज कारोबार शुरु भएको केहिबेरमै नेप्से २५६३.३० विन्दुमा पुगेको थियो । १० अर्ब ६१ करोड ९१ लाख ६३ हजारभन्दा बढीको शेयर किनबेच भएको छ । आइतबार पनि नेप्सेमा १० अर्ब ४४ करोड बढीको शेयर किनबेच भएको थियो ।

यसदिन ग्रामिण लघुवित्त, प्रभु बैंक तथा सनराइज बैंकको शेयरमूल्य उच्चदरले बढेको छ । सबैभन्दा धेरै प्रभु बैैंकको ५८ करोड बढीको शेयर किनबेच भयो ।

नेप्सेमा सोमबार ९२ हजार ७९ कारोबारबाट २ करोड ११ हजार ५५५ कित्ता शेयर किनबेच भएका छन् । 

शेयर बजार परिसूचक र कारोबार रकमले पुराना रेकर्ड तोड्दै जाँदा लगानीकर्ताहरू थप उत्साहित बन्दै गएका छन् । तर अर्थतन्त्रको दिशा विपरित शेयर बजारमा एकोहोरो आएको वृद्धि धेरै टिकाउ नहुने जानकारहरु बताउँछन् । 

 बजारमा जोखिम भने बढ्दै गएको छ । यस्तो अवस्थामा वित्तीय सूचकमा बलिया र शेयरमूल्य कम भएका कम्पनीको शेयरमा लगानी गर्न विज्ञहरुको सुझाव छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत