भिडिओ

गायक हरि लम्सालको 'ज्यानै फाल्नुअघि' म्युजिक भिडिओ सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार हरि लम्सालको नयाँ गीत 'ज्यानै फाल्नुअघि' को म्युजिक भिडिओ सार्वजनिक भएको छ । भिडि‌ओमा राजेश हमाल र अभिनेत्री रिमा विश्वकर्मा श्रीमान—श्रीमती छन् ।  उनीहरूको छोरीको भूमिकामा बाल कलाकार श्रीवानी थापाको अभिनय रहेको छ ।

'सोच एकपल्ट फेरि ज्यानै फाल्नु पहिले'।। भन्दै गीतले आत्महत्या गर्नुअघि त्यसको परिणाम के हुन सक्छ भन्ने ख्याल गरेरै कदम चाल्न आग्रह गरेको छ ।

गीतमा बसन्त लम्सालले शब्द तथा संगीत दिएका छन् । भिडिओलाई निकेश खड्काले निर्देशन गरेका छन् भने बुद्द थापाको सिनेमेटोग्राफी रहेको छ  । भिडि‌‌ओलाई विकास धमलाको सम्पादन गरेका छन्।

'ज्यानै फाल्नु अघि' शुक्रबार युट्युब च्यानल 'टुवेल्भ नोट्स' बाट सार्वजनिक भएको हो ।

कालोसूचीमा परेका ऋणीहरूको नामवालीमा अभिनेता राजेश हमालको पनि नाम परेको छ। जसैगरे पनि उनले ऋण उकास्न सकेनन्। अन्ततः एक रात उनी आत्महत्या गर्ने सोच्छन् । आत्महत्या गर्नुअघि श्रीमती रिमालाई चिठ्ठी लेख्छन्, 'मेरी प्रिय, जिन्दगीमा जुध्ने लाखौं प्रयास पश्चात पनि मैले हार खाएँ....' ।।

यो कथा गायक हरि लम्सालको नयाँ गीत 'ज्यानै फाल्नुअघि' को म्युजिक भिडिओको कथा हो । 

गाउँ सहर डेस्क

तपाईँको मत