अर्थतन्त्र

सिटिजन्स बैंकका ग्राहकलाई त्रिपुरा रिसोर्टमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकहरुले त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल र त्रिपुरा रिसोर्ट कालिन्चोक बीच बैंकका ग्राहक महानूभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले त्रिपुरा रिसोर्टमा सेवा लिंदा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए।टि।एम। र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत