गाउँ सहर

डिशहोममा डिलर दाइको डिस्काउन्ट माघ ३० सम्म

काठमाडौँ । डिशहोममा डिलर दाइको डिस्काउन्ट अब केही दिन मात्र बाँकीडिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधाप्रदान गर्ने उद्देश्यले “डिशहोममा डिलर”  दाईको डिस्काउन्ट ” नामक अफर संचालन गरेको ग्राहकहरु लाई सर्वविधितै छ । जस अन्तर्गत हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही १ लाख नगद जिति सकेका छन् भने अन्य बार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरिसकेका छन् ।  जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएको डिशहोमले जनाएको छ । 

२०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब भने केहि दिन मात्र बाँकी रहेको छ । यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्ने ग्राहकहरु यो योजनाको अन्तिम लक्कीड्रमा सहभागि हुन पाउने छन् । 'डिलर  दाईको डिस्काउन्ट” योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ । नेपाल भरी रहेका डिशहोमका डिलरहरु मार्फत Fund Transfer वा कुनै पनि अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गरे बापत WeeklyLucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ । 

Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिशहोमले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत