खेल

एन्फाकाे निर्देशन : चैतभित्र जिल्ला लिग सक्नू

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो जिल्ला संघलाई चैतभित्र जिल्ला लिग सक्न निर्देशन दिएको छ ।

एन्फाले आफ्नो मातहतमा रहेको ४८ जिल्ला संघलाई पत्राचार गर्दै फागुन देखि चैतभित्र जिल्ला लिग सक्न निर्देशन दिएको हो ।

'एन्फाको कार्यक्रम अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता(२०७७ एन्फामा आबद्द सबै ४८ जिल्ला संघहरुले फागुनरचैत महिनामा संचालन गर्न निर्देशानुसार अनुरोध गरिन्छ,' एन्फाले जिल्ला संघलाई पठाएको पत्रमा भनिएको छ ।

एन्फाले जिल्ला लिग खेल्ने क्लबको संख्याबारे यस अघि नै संघलाई जानकारी गराएको समेत जनाएको छ ।

यस्तै एन्फाले २०७६ सालमा जिल्ला लिग नभएका जिल्लाले आफ्नो जिल्लाको दैनिक पत्रिकामा १५ दिने सार्वजनिक सूचना निकाल्दै नकआउट प्रतियोगिता गरेर छनोट भएका क्लबलाई समावेश गरेर लिग गर्न निर्देशन दिएको छ ।

एन्फाले जिल्ला लिगमा जिल्ला प्रशासन कार्यालय, जिल्ला खेलकुद विकास समिति वा प्रचलित कानुन अनुसार तोकिएको निकायमा दर्ता र नवीकरण भएको क्लबलाई मात्र समावेश गर्न भनेको छ ।

त्यस्तै जिल्ला लिग खेल्न क्लबको आफ्नै बैंक खाता र लेखा (प्यान) अनिवार्य हुनु पर्ने जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत