स्वास्थ्य

विश्वभर हाल काेराेनाभाइरस संक्रमितमध्ये ९९.६ प्रतिशतकाे अवस्था सामान्य,७ कराेड ८३ लाख जना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५८ लाख २९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड ८३ लाख ७५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड ६६ लाख ७७ हजार नाघेको छ भने मृतकको संख्या २३ लाख २६ हजार ८१९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ३ हजार ७६६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ७६ लाख ११ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ७४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २१ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ७३ लाख ५४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९७ लाख ८२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ८ लाख ३८ हजार ८४३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५५ हजार ११४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ५ लाख ३३ हजार ७६ जना निको भएका छन् । सक्रिय केस १ लाख ५० हजार ६५३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९५ लाख २४ हजार जना संक्रमितमध्ये ८३ लाख ९७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ३१ हजारभन्दा बढी छन् । हाल ८ लाख ९५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७१ हजार ९२५ जना पुगेका छन् भने २ लाख ६८ हजार ७२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ३८ पुगेको छ भने १ हजार ८१५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत