पोखरामा सामुदायिक प्रहरी सेवा केन्द्रको प्रशिक्षण कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- २५ माघ आइतबार, २०७७ | २०:५९:०० मा प्रकाशित
पोखरा । सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक, पोखराको आयोजनामा पोखरा महानगरपालिका ४ सिद्धार्थचोक स्थित “महिला संसार, परिवर्तनको धार” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आधा संसार ढाकेका महिलाहरू नै समाज परिवर्तनको प्रमुख आधारस्तम्भ भएकाले महिला सशक्तिकरण र अधिकारका विषयमा जानकार एवं आत्मनिर्भर बनाउन महिलाहरूलाई लक्षित गरी वडा प्रहरी कार्यालय बैदामको पहलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
वडा प्रहरी कार्यलय बैदामका ईन्चार्ज प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले सहजीकरण गरेको उक्त कार्यक्रममा सोही स्थानका महिलाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक तामाङले महिला हक अधिकारको सुनिश्चित गर्न महिला आफैँ सशक्तरुपमा लागि पर्नुपर्ने र समाज रुपान्तरणको मूलधारमा समावेश हुनुपर्ने बताउँदै महिलाहरूमा भएको अन्तरनिहित क्षमतालाई वृद्धि गर्न आफ्नो पूर्ण सहयोग रहने समेत बताइन् ।
कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष बिपिन अधिकारीले महिला विरुद्ध हुने सबै प्रकारका विभेद र हिंसाको अन्त्य गरी हक अधिकारको सुनिश्चितता र प्रवर्द्धनको लागि नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालन गरी हरेक क्षेत्रमा महिलाहरूलाई सहभागी गराउनुपर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस