शिक्षा

पोखराको तालचोकमा आर टु एम एजुकेसन

पोखरा । वैदेशिक अध्ययन परामर्शको लागि पोखरा २७ तालचोकमा आर टु एम एजुकेसन स्पेसलिस्ट्स सञ्चालनमा आएको छ । आईतबार ईक्यान नेपालका अध्यक्ष प्रकाश पाण्डेले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै पाण्डेले भर्खरै सञ्चालनमा आएको शुभकामना व्यक्त गर्दै यो पेशामा विद्यार्थीहरुको भविषय र अभिभावकको लगानी समेत जोडिएकोले अत्यन्तै संवेदनशील भएको र सही सूचना एवं जानकारीलाई सदैव ख्याल गर्नुपर्ने बताएका थिए ।  

लेखनाथ उद्योग वाणिज्य संघका द्वित्तिय उपाध्यक्ष राजेन्द्र ओझाले विदेश पढ्न जानेहरुका लागी परामर्श लिन टाढा धाउनपर्ने बाध्यताको अन्त्य भएको बताउँदै गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए ।

बिगत ४ वर्ष देखि पोखराको सिद्धार्थ चोकमा विद्यार्थी हरुलाई वैदेशिक शिक्षाको परामर्श, अंग्रेजी भाषा आईएल्टिस तथा पिटिइ संचालन गर्दै आएको आर टु एमले लेखनाथ क्षेत्र भित्र रहेका विद्यार्थी हरुलाई आफ्नै घर छेउ नजिकैबाट सेवा दिने उदेश्यले स्थानान्तरण गरिएको निर्देशक निर्वाण देवानले जानकारी दिए ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त आर टु एम एजुकेसन तालचोक बाट टिआई टिआई, पाईर सर्टिफाईड तथा अनुभवी काउन्सलर द्वारा वैदेशिक शिक्षा परामर्शको सम्पूर्ण सेवा, अस्ट्रेलिया, युके, अमेरिका तथा न्युजिल्यान्डका धेरै जसो कलेज तथा विश्वविद्यालय संग समन्वय गरेर विद्यार्थी लाई छिटो छरितो सेवा, एसी युक्त कोठामा प्रोजेक्टरसहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवा हरु संचालन हुने सञ्चालक आनन्द गौतमले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत