समाज

भागरथी हत्याको छिटाे निष्पक्ष अनुसन्धान होस्  : विवेकशील साझा 

काठमाडौँ । भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीले सरोकारवालाको ध्यानाकर्षण गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील साझा पार्टी मर्माहत भएको पनि जनाएको छ  । साथै पीडित परिवारमा हार्दिक समवेदना व्यक्त उक्त घटनाकाे छिटाे छानबिन गरि सत्य, तथ्य सार्वजनिक गर्न माग गरेकाे छ । 

हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र  सुरक्षा निकायहरूसँग जोडदार माग गरेको छ ।

यसै क्रममा न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा  एकेबद्धता रहेको जनाएको छ। तर यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा सम्बन्धित अधिकारीहरूलाई विवेकशील साझा पार्टीले सचेत गराएकाे छ । 

'सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ। विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न आग्रह गर्दछ' प्रवक्ता शरद राज पाठकद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत