अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङ्गको लमहीमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच शाखाको औपचारिक उद्घाटन गरेका छन् । 

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबै कालागि बैंक” भन्ने मूल नारालाई चरितार्थ गदैँ बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताए । 

उनले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु-याउन बैंक स्थापना भएको बताए । 

बैंकले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत