अर्थतन्त्र

उँभाे-उँभाे चढ्दै नेप्से, हालसम्मकै उच्च कारोबार

काठमाडाैं । साताकाे पहिलाे दिन नेप्से परिसूचक उच्च अंकले बृद्धि भएकाे छ । यसदिन शेयर बजारमा हालसम्मकै उच्च कारोबार भइ ४८ अंकले बढ्दा १० अर्बभन्दा बढिकाे काराेबार भएकाे छ । 

नेप्से ४८.७४ अंकले बढेर २ हजार ५२४ बिन्दुमा पुगेको छ ।

यस दिन २०२ कम्पनीको ८७ हजार ६७० पटकको कारोबारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर खरिदबिक्री भएको छ। यो हालसम्मकै उच्च भोल्युम हो । यस अघि गत माघ १५ गते ९ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

लघुवित्तमा उच्च आकर्षण देखिएको आइतबारको बजारमा बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै उपसमुहका सूचक बढेका छन् ।

आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ५३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ र शिखर इन्स्योरेन्सको पनि ३१ करोड धेरैको शेयर खरीद बिक्री भएको छ ।

नेपाल फाइनान्सले हकप्रद शेयर सूचीकृत गरेसँगै फाइनान्सको शेयरमूल्य ६.२७ प्रतिशतले घटेर २९९ मा झरेको छ । 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत