कला

अभिनेत्री गहना वशिष्ठ पक्राउ : पोर्न भिडियो निर्माणको आरोप

एजेन्सी ।  अभिनेत्री तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन् । उनी पक्राउ परेको एजेन्सीले जनाएको छ ।  एजेन्सीका अनुसार अभिनेत्रीको अलवा प्रहरीले यो मावलामा अन्य मोडल, साइट अभिनेत्री र केही प्रोडक्सन हाउसको पनि निगरानी गरिरहेको छ । उनीहरुलाई पनि एडल्ट फिल्म मोवाइल एप तथा वेबसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार गहना वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमान अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैया तिर्नुपर्छ । शनिबार उनलाई सोधपुछ मात्र गरिएको थियो । आइतबार अदालतमा हाजिर गरिनेछ ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् । उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छन् । यसको अलवा उनले साउथको कयौ फिल्ममा काम गरेकी छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत