समाज

१५ हजार घुस सहित नापी कार्यालयका दुई कर्मचारी रंगेहात पक्राउ

काठमाडौँ । १५ हजार घुस सहित नापी कार्यालयका दुई कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस सहित नापी कार्यालय कञ्चनपुरका दुई कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव रहेको आयोगले जनाएको छ । सर्वेक्षक ठाकुरले जग्गाको कित्ता काट गरी दिने भन्दै लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग घुस माग गरेका थिए ।

सो सूचना प्राप्त हुन साथ आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले दुबै कर्मचारीलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई कार्यालयसँगै रहेको चियाखाजा पसलबाट रंगेहात पक्राउ गरी अनुसन्धान अघि बढाईएको आयोगले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत