स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ७ कराेड ७९ लाख मानिस निकाे, २ कराेड ५८ जनामा अझै भाइरस सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५८ लाख ९५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड ७९ लाख ७० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड ६३ लाख २९ हजार नाघेको छ भने मृतकको संख्या २३ लाख १८ हजार ९४९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ४ हजार ४०८ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ७५ लाख १९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ७३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २२ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ७२ लाख ६८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९७ लाख ७७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ८ लाख २७ हजार १७० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५५ हजार २८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ५ लाख २१ हजार ४०९ जना निको भएका छन् । सक्रिय केस १ लाख ५० हजार ७३३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९४ लाख ९७ हजार जना संक्रमितमध्ये ८३ लाख ६३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ३१ हजारभन्दा बढी छन् । हाल ९ लाख ३ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७१ हजार ८०६ जना पुगेका छन् भने २ लाख ६७ हजार ८१२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ३५ पुगेको छ भने १ हजार ९५९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत