गाउँ सहर

नौविसे ओख्ले डाँडा टोल विकास संस्थाको अध्यक्षमा पौडेल

लेखनाथ । नौविसे ओख्ले डाँडा टोल विकास संस्था पोखरा महानगरपालिका वडा नं २९  को अध्यक्षमा प्रमोद कमार पौडेल चयन भएका छन् । दशौं वार्षिक साधारण सभा एवम छैटौं अधिवेशनले पौडेललाई लाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा शान्ता पौडेल, सचिवमा विष्णुुप्रसाद लामिछाने, कोषाध्यक्षमा दुर्गादेवी घिमिरे र सह सचिवमा दिपक सापकोटा सर्वसम्मत रुपमा चयन चयन भए ।

यसै गरी सदस्यहरुमा सोम बहादुर थापा, शान्ति सुवेदी, कृष बहादुर कुमाल, कल्पना अधिकारी, मेघनाथ मरासिनी र चिजामायाँ थापा रहेका छन् । यसै गरी सुरज तिवारीको संयोजकत्वमा एक लेखा समिति समेत उक्त अधिवेशनले चयन गरेको छ भने लेखा समितिको सदस्यहरुमा सरस्वती आचार्य र देवि प्रसाद सुवेदी चयन भएका छन् ।

यस अघि कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष चेत बहादुर गुरुङले नौविसै ओख्ले डाँडा टोल विकास संस्थाले आफ्नो टोलमा गरेका कामहरुको प्रशंसा गर्दै टोलविकास संस्था मार्फत गरिने सामाजिक कार्यमा वडा बाट आफूले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले आफ्नो टोलको विकास गर्न टोलवासीहरु नै लाग्नुपर्ने बताए ।

संस्थामा आवद्ध भएका १७५ सदस्यहरुबाट मासिक रुपमा रु ५ सय वचत संकलन गरी आर्थि वर्ष २०७७/७८ मा ७५ लाख १७ हजार २ सय ४९ रुपैयाँ आर्थिक कारोबार भएको ७ लाख ८४ हजार ९ सय ५८ नाफा रहेको बताइएको छ ।

 कार्यक्रम संस्थाका अध्यक्ष हेम बहादुुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सञ्जय बाबु भट्टराइले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत