कला

पत्रकार पौडेलको कृति “लकडाउन—१२०” सार्वजनिक

पोखरा । पत्रकार राजाराम पौडेलको कृति “लकडाउन—१२०” सार्वजनिक गरिएको छ । शनिबार पोखरा थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो ।

पोखरा थिएटरले आयोजना गरेको बिमोचन कार्यक्रममा वरिष्ठ लोक गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, वर्तमान अध्यक्ष रमेश बिजी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, थिएटरका अध्यक्ष परिवर्तन र स्रष्टा राजारामले कृति सार्वजनिक गरे ।

सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ हरिदेवी कोइरालाले विश्वभरि महामारी रुपमा फैलिएको कोरोना कहरले पत्रकारिता र सञ्चारकर्ममा संलग्न राजाराम पौडेलको दैनिकीमा परिवर्तन ल्याएको बताईन् । पौडेललाई बधाई दिँदै कोइरालाले साहित्य र कलाको रुचीले आज मूर्त रुप लिएको उल्लेख गरिन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले राजाराम एक सालिन र सरल व्यक्ति भएको उल्लेख गरे । पत्रकारलाई आजदेखि गीतकारका रुपमा पनि परिचित गराउन पाउँदा खुशी लागेको उनले बताए ।

जागिर र पत्रकारिता सँगै सिर्जनामा पनि लाग्नु राजारामको विशेषता भएको उनले बताए । पोखरामा रंगपत्रकारितामा राजारामले सबै भन्दा धेरै कलम चलाएको तर्क उनको थियो । एउटा पत्रकारले गीतिसङ्ग्रह सार्वजनिक गरेको देख्दा आफू हर्षित भएको श्रेष्ठको भनाई थियो । 

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले थिएटरको शुरुवाती समयदेखि नै राजाराम पौडेलको राम्रो साथ मिलेको बताए । कार्यक्रममा बोल्दै पत्रकार तथा गीतकार राजाराम पौडेलले आफुमा पहिल्यै देखि लेख्ने कला हुँदाहुँदै पनि विविध कारणबस पुस्तकका रुपमा प्रकाशित गर्न नपाएको जानकारी गराए । राजारामको सार्वजनिक कृतिका विषयमा कवि साहित्यकार लेखक जीवनसागर भण्डारीले समिक्षा गरेका थिए । उनले कृतिमा भएका आरोहअवरोहलाई मसिनो गरी केलाएका थिए भने राजारामको परिचय रमेश गिरीले दिएका थिए । कार्यक्रममा पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोती भूजेल, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत