सेवा

लायन्स क्लव अफ स्कूल चौतारी पोखराद्वारा वृद्धाश्रममा भोजन तथा खाद्यान्न

लेखनाथ । लायन्स क्लव अफ स्कूल चौतारी पोखराको आयोजनामा पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर वृद्धाश्रमका वृद्ध वृद्धालाई शनिवार भोजन तथा खाद्यान्य सामग्री वितरण गरिएको छ ।

लायन्स क्लव अफ स्कूल चौतारीका अध्यक्ष तिलक अधिकारीले आश्रमका अध्यक्ष प्रेम लिगल लाई खाद्यन्न सामाग्री दाल चामल, तेल फलफूल लगायतका सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बाेल्दै राधाकृष्ण मन्दिर वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले लायन्स क्लव अफ स्कूल चौतारी पोखराले प्रत्येक वर्ष माघ महिनामा भोजन र खाद्यान्न सामग्री  वितरण संगै वृद्ध वृद्धाहरुको स्वास्थ्यमा समेत चासो देखाउदै कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई  धन्यवाद व्यक्त गरे ।

लायन्स क्लव अफ स्कूल चौतारीका अध्यक्ष  अधिकारीले सामाजिक एवं सांस्कृतिक परिवर्तनका लागि अनवरत रुपमा क्रियाशील रहेको बताउँदै एक मन एक वचनका साथ संस्थाले हरेक वर्ष माघ महिनामा आश्रममा रहेका वुवा आमालाई उच्च सम्मान गरेको बताउँदै संस्थाका तर्फबाट जति सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संस्थाका संस्थापक अध्यक्ष यम खड्काले लायन्सहरुलाई रचनात्मक र सामाजिक र मानविय कार्य गर्न सुझाव राखेका थिए भने लायन्स क्लव अफ स्कूल चौतारीका सचिव सन्जय पौडेलले कार्यक्रमको संचालन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत