विश्व

प्लेनको लेण्डिङ्ग गियरमा लुकेर ८ हजार किमी यात्रा, १६ वर्षका पुरुष केन्याबाट नेदरल्याण्ड पूगे

  • एजेन्सी
  • २४ माघ शनिबार, २०७७ | १७:०७:०० मा प्रकाशित

एम्सटर्डम । केन्याको नैरोबी एयरपोर्टबाट एक कार्गो प्लेन टर्की र ब्रिटेन हुँदै नेदरल्याण्ड पुग्यो अर्थात कुल ८ हजार किमी यात्रा गर्यो । प्लेनको लेण्डिङ्ग गियरमा १६ वर्षका पुरुष लुकेका थिए । अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

स्टुफ डट को डट एनजेड को रिपोर्टले यो जानकारी दिएको छ । रिपोर्ट अनुसार, बुधबार केन्याको नैरोबीबाट एयरबस ए३३० कार्गो फ्लाइटले टेकअफ गर्यो । एक १६ वर्षिय पुरुष प्लेनको लेण्डिङ्ग गियरमा लुकेका रहेछन् । टुर्की र ब्रिटेनमा त प्लेन हल्ट पनि भयो ।

ब्रिटेनपछि यो फ्लाइट शुक्रबार दिउसो नेदरल्याण्डको मास्त्रिख्त एयरपोर्ट पुग्यो । यहाँ जब इन्जिनियर्सले प्लेन चेक गर्दा लेण्डिङ्ग गियरमा ती केटा थिए । तुरुन्तै निकालेर उनको चेकअपको लागि अस्पताल पठाइयो ।

एजेन्सी

तपाईँको मत