स्वास्थ्य

पछिल्लाे २४ घण्टामा सयभन्दा कम काेराेना संक्रमित थपिए, मृत्यु पनि शून्य, २४८ जना निको

काठमाडौं । शनिवार अर्थात पछिल्लाे २४ घण्टामा मुलुकभर थप काेराेना संक्रमित हुनेकाे संख्या सयभन्दा कम भएकाे छ । त्यसैगरि कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

कोरोना संक्रमण उच्च विन्दुमा पुगेयता मृत्यु शून्य भएको यो तेस्रोपटक हो । कोरोनाका कारण देशभर हालसम्म दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमतिको कुल संख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २४८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ ।

हाल देशभर एक हजार ९५९ जना आइसोलेसनमा छन् भने ९५ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत