गाउँ सहर

शनिबार यी काम गर्नुस् तपाईंकाे शुभ हुन्छ

काठमाडौं । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन हाे शनिबार । यसदिन धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । 

शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् ।

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पूजापाठ बढी गरीन्छ । बिहान सबेरै उठेर पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् ।

ब्रमाण्डका ९ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

– शनिबार पारेर फलामका सामग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।

– हरेक शनिबार शनिको पूजा गर्नुहोस् ।

– पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।

– खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।

– शनिबार कालो तिल दान गर्नुहोस्।

– ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

– हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।

– हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।

– नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत