स्वास्थ्य

तनावका १६ साइडइफेक्ट्स, भ्याक्सिनले असर कम गर्न सकिन्छ, दुरुस्त राख्न यी कुरा ध्यान दिनुहोस्

कोरोना भ्याक्सिन लगाउन गइरहनुभएको छ भने यो खबर तपाईंको लागि थप उपयोगी हुन सक्छ । अमेरिकी वैज्ञानिकले हालै अध्ययनमा भनेका छन कि तनाव वा डिप्रेसनमा हुनुहुन्छ भने भ्याक्सिनको असर कम हुन सक्छ ।

सरल भाषामा बुझ्नुपर्दा यसको असर भ्याक्सिन लगाएपछि शरीरमा बढ्ने इम्युनिटीमा पर्न सक्छ ।

ओहियो स्टेट यूनिभर्सिटीका वैज्ञानिकका अनुसार, अनुसन्धान यो बताउँछ कि कोरोना भ्याक्सिनको असर र मानिसको मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । अहिलेसम्म भएको अध्ययनले पनि प्रमाणीत गरिसकेको छ कि तनावले केवल इम्युनिटीमा मात्रै होइन शरीरमा १६ प्रकारको असर पुर्याउन सक्छ । 

तनाव लिँदा टाउको दुख्ने, हर्ट अटेक, डिप्रेशन, मगज दुख्ने, निन्द्रा नआउने, स्वास बढ्ने, रोगसँग लड्ने क्षमता कम हुने, ब्लड सूगर बढ्ने, ब्लड पम्प हुने, प्रेशर बढ्ने, प्रजनन सम्बन्धी समस्या, पेट दुखाई, उत्तेजनामा कमी, सेक्समा अरुची, मिन्समा समस्या, मांसपेशीमा दुखाईजस्ता असरहरु देखिन्छन् ।

मनोविद् डा. नरेन्द्र सिंह ठगुन्नाका अनुसार- कमजोरी महशुष गर्नु, निन्द्रा नआउनु, थकान महशुष हुनु, पेटमा दुखाई, मांसपेशीमा दुखाई भए चिकित्सकको सल्लाह लिनुहोस् ।

मानसिक स्वास्थ्य दुरुस्त राख्न निम्न कुरा उनले सुझाएका छन्ः

  • साथी र परिवारका सदस्यसँग कुरा गर्न नछाड्नुहोस् ।
  • आफ्नो इच्छामा आफैँलाई ब्यस्त राख्नुहोस् ।
  • म्यूजिक सुन्नुहोस्, जसले मन चंगा बनाउँछ ।
  • हरेक समय घरमा नबस्नुहोस् । समय मिलाएर घुम्न निस्कनुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत