पूर्वी नवलपरासीमा लागु औषधसहित मानिस नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २३ माघ शुक्रबार, २०७७ | १९:२३:०० मा प्रकाशित
नवलपरासी । नवलपरासी (पूर्व) को प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका सार्वजनिक सवारीहरू चेकजाँच गर्ने क्रममा लागु औषधसहित मानिसहरु नियन्त्रणमा लिएको छ ।
चेकजाँच गर्ने क्रममा लु १ ख ९४०१ नं. को बसमा सवार जिल्ला रोल्पा सुनछहारी गाँउपालिका १ घर भई जिल्ला पर्वत कुश्मा नगरपालिका ४ को शम्शेर घर्ती मगरको साथबाट फेनारगन, डाईजापम, नोफिन, गरी जम्मा ६२ एम्पुल नियन्त्रणमा लिएको छ ।
यसैगरी लु १ ख ७२३९ नं. को बसमा सवार जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका३ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १० बस्ने विजय चौधरीको साथबाट फेनारगन, डाईजापम, नोफिन गरी जम्मा ३० एम्पुल र सिरिन्ज १ थान नियन्त्रणमा लिएको छ ।
यस्तै लु १ ख ९२१३ नं. को बसमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका १४ दिपेश विश्वकर्माको साथबाट फेनारगन, डाईजापम, नोफिन गरी जम्मा ९ एम्पुल, लु १ ख ७५५१ नं. को बसमा सवार चितवन भरतपुर महानरपालिका १६ का सर्वविद बस्नेतको साथबाट फेनरागन, डाईजापाम, नुफिन गरी जम्मा ४५ एम्पुल र ३ वटा सिरिन्ज, लु १ ख ७५५१ नं. को बसमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका १९ बस्ने सिंहराज लामाको साथबाट फेनरागन, डाईजापाम, नुफिन गरी जम्मा ३०० एम्पुल लागु औषध फेला पारी थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस