ओलीले सुनाए आमसभामा “समृद्ध नेपाल, सुखी नेपाली” काे फेहरिस्त
- गाउँ सहर संवाददाता
- २३ माघ शुक्रबार, २०७७ | १६:५४:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आमसभामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइरहेकाे फेहरिस्त सुनाएका छन् ।
ओली समूहले राजधानीमा गरेको सभामा ओलीले चौतर्फी रुपमा देश विकासको काम भइरहेको बताउँदै देशका विभिन्न स्थानमा विकासका काम भइरहेको बताए । उनले भने, “धेरै आयोजनाहरु बनिसकेका छन्। दिनदिनै विकासे आयोजनाको उद्घाटन भइरहेको छ ।”
ओलीले सरकारले विकास निर्माणका कामहरूलाई अभूतपूर्व रूपमा गरेको बताएका छन् । उनले “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रसय आकांक्षालाई सफल बनाउन द्रूततर गतिमा विकास गरिरहेको दलिल पेस गरे ।
उनले भने, “पछिल्लो केही वर्षभित्रै चार सय वटा पुल बनेको, ६ हजार किलोमिटर सडक कालोपत्रे भएको छ । विद्युत बनिरहेको, सबस्टेसन, ट्रान्समिसन समेत बनिरहेको छ । यस्तै, उत्तर चीनतर्फबाट पनि पारवहन र यातायात सहमति गर्यौं। बाटाहरु खोल्नुका साथै दक्षिणबाट नाकाहरु र बन्दरगाह खोलिएको छ ।”
चाँदनी दोधारामा सिञ्चाई आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सकिएर काम सुरु हुने अवस्थामा पुगेको ओलीले बताए । उनले एक वर्षमै काम सकेर अर्कोवर्ष देखि सिञ्चाई सुरु हुने दाबी गरे ।
यसैगरी, हरेक वर्ष तराईमा डुबान हुने गरेपनि यसवर्षदेखि डुबान घट्ने बताए । उनले भने, “हामीले भारतसँगको सहकार्यमा बाध बनाउने काम गरेका छौं। अब तराईका घर डुब्दैनन् ।”
मुलुकको कुनै पनि नागरिक बेसहारा नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले थपे, “नेपालमा कोही बेसहारा हुँदैन, कोही भोकै मर्नु पर्दैन ।” सरकार नै नागरिकको अभिभावक भएकाले सबै नागरिकको सुरक्षाको प्रबन्ध मिलाएको उनले चर्चा गरे । कोही कोही फोटो खिच्न र नाटक गर्न गरिबलाई सहयोग गरेकोजस्तो गरेपनि वास्तविक सहयोग सरकारले गरिरहेको उनले बताए ।
यस्तै, ओलीले २० औं वर्षदेखि हुलाकी राजमार्गको कुरा मात्रै भएपनि आफू प्रधानमन्त्री बनेपछि १० अर्ब बजेट छुट्टयाएर काम सकिने अवस्थामा पुगेको बताए । पूर्वपश्चिम राजमार्ग ४/६ लेनमा चौडा गरिरहेका भइरहेको, केही दिनमै नेपालको रेल सञ्चालन हुने, पूर्वपश्चिम रेलमार्गको काम भइरहेको र उत्तरदक्षिण रेलमार्गको काम समेत अगाडि बढिरहेको उनको भनाई छ ।
यस्तै, चीनतर्फबाट पनि रेल आउँदै गर्नुका साथै दुई वटा नयाँ सुरुङ बनाएर एक घन्टामै चीनको नाका केरुङ पुग्न सक्ने उनले बताए। योसहित नेपाल सुरुङ युगमा पुगेको भन्दै उनले थानकोट नौविसे सुरुङ मार्गको काम छिट्टै सकिने दाबी गरे ।
“कृषिको आधुनिकीकरणको कामलाई अगाडि बढाउँदै युवालाई विदेशिनबाट रोकिएको छ। विगतमा हाम्रा युवाहरु लस्कर लागेर विदेश जाने गरेका थिए”, उनले भने।
यसैका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याइनुसका साथै हरेक पालिकामा औद्योगिक ग्राम, प्रदेशमा ठूलारठूला औद्योगिक क्षेत्र तोकेर औद्योगिक गतिविधि अगाडी बढाइएको प्रधानमन्त्री ओलीले बताए।
कोभिडका कारण हाम्रा सबै क्षेत्रका उद्योगरव्यापार प्रतिकुलतामा पुर्यायो। एक वर्ष कोभिडका विरुद्ध जुद्धा ठीक भएपनि अब विकासे काममा सरकार अगाडि बढेको उनको भनाई छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस