समाज

जुवाको खालबाट सवा २ लाख सहित ७ जुवाडे प्रहरी नियन्त्रणमा

घोराही । जुवाको खालबाट सवा २ लाख सहित ७ जुवाडेलाई प्रहरी नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिएका छन् । एसपी चन्दले गोप्य सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टोलीले जुवाडेलाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर रहेको प्रहरले जनाएको छ । 

डिएसपी रिजालले जुवामा पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार कारबाही हुने जानकारी दिएका छन् । पक्राउ परेका केही जुवाडेहरु पटके र विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत