६ महिनामा २ खर्ब वैदेशिक सहायता भित्रियो
- गाउँ सहर डेस्क
- २३ माघ शुक्रबार, २०७७ | १६:००:०० मा प्रकाशित
काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले झण्डै पौने २ खर्बको वैदेशिक सहायता भित्र्याएको छ । पुस मसान्तसम्ममा १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता पाइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार पुस महिनासम्म अनुदान सहायता १८ अर्ब १२ करोड ५२ लाख ५० हजार र ऋण सहायता १ खर्ब ६९ अर्व ३१ करोड १० लाख २० हजार गरी जम्मा १ खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख ७० हजारको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको छ ।
चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब ६० अर्ब रुपैयाँ वैदेशिक सहायता लिने लक्ष्य राखेको छ । सरकारले ६ महिनाको अवधिमा लक्ष्यको करिब ५२ प्रतिशत अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार कात्तिक, मंसिर र पुस महिना अर्थात् तीन महिनामा मात्रै अनुदान सहायता १० अर्ब ४४ करोड ६३ लाख ४० हजार र ऋण सहायता ९१ अर्ब ५९ करोड ५० लाख १९ हजार गरी जम्मा १ खर्ब २ अर्ब ४ करोड १३ लाख ६० हजारको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको हो ।
सरकारले २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा पहिलो चौमासिक अवधिमा ५७ अर्ब उठाइएको र दोस्रो चौमासिक अवधिमा ५६ अर्ब आन्तरिक ऋण उठाउने गरी निष्काशन तालिका स्वीकृत गरिएको अर्थ मन्त्रालयले बताएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस