समाज

घुस रकम सहित प्रहरी हबल्दार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको आरोपमा एक प्रहरी हबल्दारलाई पक्राउ गरेको छ ।

आयोगले तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई १० हजार घुस सहित पक्राउ गरेको  हो ।

हबल्दार भण्डारीद्धारा उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहानामा सेवाग्राहीसँग १० हजार घुस माग गरिएको थियो ।

सोही सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले हिरासतमा रहेको व्यक्ति छुटाइ घुस लिइसकेको अवस्थामा उक्त रकम सहित हबल्दार भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हबल्दारविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार बताएकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत