सभामुख सापकोटाद्वारा राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ जनाविरूद्ध सर्वोच्चमा दायर रिटकाे सुनुवाइ आइतबार हुने
- गाउँ सहर संवाददाता
- २३ माघ शुक्रबार, २०७७ | १२:२८:०० मा प्रकाशित
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति संविधानविपरीत भएको भन्दै निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
सभामुख सापकोटाले दायर गरेकाे सर्वोच्च अदालतले दर्ता गरेकाे छ । उक्त रिटको पेसी सर्वोच्च अदालतले आइतबारलाई तोकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागीसहित संवैधानिक परिषद्मा नियुक्ति शपथ ग्रहण गरेकाहरूलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।
संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत संवैधानिक निकायमा प्रमुख आयुक्त, अध्यक्ष, आयुक्त, सदस्य लगायत पदाधिकारी नियुक्ति भएको छ। गत मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकाय र आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो।
सभामुखले पेस गरेको निवेदनमा ३९ जनालाई विपक्षी बनाइएको छ। तिनमा संवैधानिक परिषद् अध्यक्ष, सदस्यलगायत सबै पदाधिकारीहरू छन् । असंवैधानिक ढंगले ल्याएको अध्यादेशका भरमा अपूरो संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शीतलनिवासमा शपथ गराइएको थियो ।
संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्छ । तर प्रतिनिधि सभा विघटन भएको अवस्था संसदीय सुनुवाइ हुन सक्दैन। यस्तो अवस्थामा सिफारिस भएको ४५ दिनमा स्वतः नियुक्त हुने व्यवस्था छ ।
सभामुख सापकोटाले भने सो नियुक्तिको विषयमा सुरु देखि नै असहमति जनाउँदै आएका छन्। उनी संवैधानिक परिषद् बैठक तथा सपथग्रहण समारोहमा समेत अनुपस्थित थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस