भिडिओ

अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् । 

गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियो निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएको भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन रहेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत