गाउँ सहर

झिसमिसेमै नागरिक अगुवा ‘राष्ट्रपति ज्यू संविधान कहाँ छ?’ भन्दै शितलनिवास पुगेपछि...

काठमाडौं । नागरिक समाजका अगुवा शुक्रबार झिसमिसेमै शीतल निवास पुगेर नजिक मार्च पास गरेको छ । बृहत् नागरिक आन्दोलनअन्तर्गत उनीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्तिको प्रतिकारस्वरुप मार्चपास निकालेका हुन् ।

नागरिक समाजका अगुवाहरुले लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म नागरिक अगुवाले मार्चपास गरेका हुन् ।

मार्चपासमा सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न पनि माग गरेका छन् ।

संसदीय सुनुवाई बिना बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि शक्ति प्रदर्शन गर्दैछन् ।

 मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी छन् । तर प्रहरीले अगाडि बढ्न नदिएपछि उनीहरू अहिले महाराजगन्ज, पानीपाेखरीमा सभा गरिरहेका छन् । तस्बिर- कान्तिपुरबाट साभार

गाउँ सहर संवाददाता

तपाईँको मत