शिक्षा

स्याङ्जाको महेन्द्र जनसहयोग आधारभूत विद्यालयको वार्षिकोत्सव

स्याङ्जा । स्याङ्जाको फेदीखोलामा अवस्थित महेन्द्र जनसहयोग अभारभूत विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

फेदीखोला गाउँपालिका–२ स्थानचौरमा अवस्थित विद्यालयको वार्षिक उत्सवको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गरे । अध्यक्ष सुबेदीले सो अवसरमा कक्षागत तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरे ।

कार्यक्रममा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङ, स्याङ्जा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दोव बहादुर कार्की, पूर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बराल, शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर कार्की, स्वाभिमान इङ्लिस बोर्डिङका प्रिन्सिपल हर्क बहादुर कार्की, कराँते प्रशिक्षक लक्ष्मण कुँवर, पूर्व शिक्षक तथा समाजसेवी नन्द कुमारी गुरुङलगायतले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक गोदार उपमा, सञ्चालन सिता रोका र पार्वती कार्कीले गरेका थिए ।

२०१८ सालबाट औपचारिक रुपमा सञ्चालनमा आएको विद्यालयमा हाल ६२ जना विद्यार्थी अध्यनरत छन् । कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा १० जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेको प्रधानाध्यापक तारापती सुबेदीले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत