कला

डिशहोमको रियालिटी टीभीमा ‘चम्सुरीसँग चिया गफ’

काठमाडौं । डिशहोमको रियालिटी टीभी च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७ः३० बजे ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रशारण गर्ने भएको छ । 

विगत १५ बर्ष देखि चम्सुरीको उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सञ्चालन गर्दै छिन् । 

बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामीठा, रमाइलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ । 

कार्यक्रमको पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुने डिशहोमले जनाएको छ ।   
 

गाउँ सहर संवाददाता

तपाईँको मत