विश्व

एक सय १७ केजी तौलकी ब्रिटनी जेक्सको प्रेम असफल

एजेन्सी । एक सय १७ केजी तौलकी ब्रिटनी जेक्सको प्रेम सम्बन्ध असफल भएको छ । क्यानाडाको ओन्टारियो निवासी २३ बर्षीया युवती ब्रिटनी जेक्सको  प्रेम सम्बन्ध असफल हुनुको मुख्य कारण उनको बढ्दो तौल हो ।

प्रेममा ब्रेकअपको सामना गर्ने बेला ब्रिटनीको तौल ११७ केजी थियो । त्यसबेला उनका प्रेमीले ब्रिटनीलाई तौल घटाउन डाइटिङ गर्न भनेका थिए । उनको बढ्दो तौल नघटाउने हो भने ब्रेकअप गर्ने चेतावनी समेत दिएका थिए । परिस्थिति यस्तो बन्यो कि ब्रिटनीको पहिलो प्रेम सफल हुन सकेन । त्यस समयमा उनी धेरै नै निराश भएकी थिइन् । 

ब्रकअप पश्चात फेसबुकको माध्यमबाट उनको भट एक  स्थानीय युवक मेट मोन्टोगोमरीसँग भयो । पेशाले उनी शारीरिक ब्यायामका प्रशिक्षक हुन । ब्रिटनी र मेट अहिले प्रेम सम्बन्धमा रहेका छन ।

उनीहरुबीच पहिलो नजरमै प्रेम बसेको थियो ।  मेट मोन्टोगोमरीको तौल ब्रिटनी जेक्सको तुलनामा आधा फरक छ । 

मेटसँग प्रेम सम्बन्धमा आउनु भन्दा पहिले आफ्नो बढ्दो तौलका कारण केही अप्ठ्यारो भएको ब्रिटनी जेक्स बताउँछिन् ।

उनले शरीरको तौल र आकार घटाउँदा आफैले आफुलाई प्रेम गर्न नसक्ने उनको भनाइ छ । त्यसैले उनले तौल घटाउने विषयमा चिन्ता लिन छोडिन् ।

अहिले ११७ किलो तौल भएकी जेक्स र ब्रिटनीको आधा तौल भएका युवक मेट मोन्टोगोमरीको जोडी अहिले प्रेम सम्बन्धमा छन् । आफुहरुबीचको सम्बन्धलाई लिएर दुवै जना खुसी रहेको एजेन्सीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत