अर्थतन्त्र

साताकाे अन्तिम दिन नेप्से सामान्य अंकले बढ्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) ८ अंकले बढेकोे छ ।  

यसदिन नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेर २ हजार ४ सय ७५द दशमलव २६ अंकले बढेको हो ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेको छ । दिनभर भएका ७१ हजार ८ सय ६६ कारोबारबाट २०१ कम्पनीका १ करोड ८६ लाख ६० हजार ८ सय ११ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । जसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।   

विहीबार लघुवित्तका लगानीकर्ताहरुले राम्रो कमाएका छन् । धेरै कमाउने पहिलो नम्बरमा सुर्योदय लघुवित्त देखिएको छ । यसकाे सेयर मूल्य १७५ रुपैयाँले वृद्धि भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत