समाज

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ इमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापा रहेका छन् । उनलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ ।

थापाले घर जग्गाको काम गर्ने सिलसिलामा विभिन्न ब्यक्तिहरुसँग रकम लिई सो बापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा थापा महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा बैंकिङ् कसुर मुद्दामा समेत फरार रहेको महाशाखाले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत