गाउँ सहर

नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित) 

काठमाडौँ । नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनामा अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’ को जागिर खुलेको सेनाले जनाएको छ ।

यो वर्षका लागि सेनाले २०० जना अधिकृत क्याडेटको भर्ना खोलेको हो ।

सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो ।

खुलातर्फ १०५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी, १४ दलित, ५ अमर सैनिक सन्तति र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।

माघ २२ देखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत