गाउँ सहर

जनता गलाउने आम हड्ताल, आंशिक प्रभाव (फोटो कथा)

काठमाडौँ । प्रचण्ड-नेपाल नेकपाले आज गरेको देशव्यापी आमहडतालको आंशिक प्रभाव परेको छ ।

सबेरै विहान काठमाडौँमा गंगबूमा ट्याक्सीमा आगजनी र एम्बुलेन्समाथि ढुंगा प्रहार भएपनि साे पश्चात बन्दकाे प्रभाव यातायात र शिक्षामा मात्र देखिएकाे छ । 

आज त्रिभुवन विश्वविद्यालयकको परीक्षा पनि छ । बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चलेका छैनन् । तर मोटरसाइकल, भाडाका ट्याक्सी र निजी सवारीसाधन निर्वाध चलेका छन् । बन्दले गर्दा परीक्षार्थी, श्रमिक र व्यापारीलगायतले सेवा प्रवाहमा सास्ती भाेग्नु परेकाे छ ।

मुख्य स्थानका पसल कवल नखुलेपनि गाउँ तथा सहरका गल्लीमा पसलहरु खुलेकै छन् । विद्यालयको पठनपाठन रोकिएको छ तर परीक्षा संचालन भएको छ ।

आम हड्तालको चौतर्फी विरोध भएको छ ।

तस्बिरहरूः चण्डीका सिवाकाेटी/गाउँ सहर ।

गाउँ सहर संवाददाता

तपाईँको मत