अर्थतन्त्र

ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । 

बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । यसअघि बुधबार पनि सुनको भाउ ६०० रुपैयाँले घटेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबारका लागि छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलाको ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो । बुधबार चाँदीको मूल्य ६० रुपैयाँले घटेको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत