गाउँ सहर

बन्द उल्लघन गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

काठमाडौँ । बन्दकर्ताले बन्द उल्लघन गरेको भन्दै चार वटा ट्रकमा तोडफोड गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको ट्रकमा तोडफोड गरेका हुन् । 

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । 

बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गर्नुका साथै मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा समेत ट्रक तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । 

त्ययसैगरी, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत