बझाङका एक युवक १८ दिन देखी ससुरालीबाटै बेपत्ता, ससुराली पक्षले नै बेपत्ता पारेको आरोप
- गाउँ सहर संवाददाता
- २२ माघ बिहीबार, २०७७ | १०:१९:०० मा प्रकाशित
काठमाडाैँ । बझाङका एक युवक १८ दिनदेखि बेपत्ता भएका छन् । ससुराली दाङ हिँडेका जयपृथ्वी नगरपालिका– ४ गोलाई घर भएका २० वर्षीय लक्ष्मण विक १८ दिनदेखि बेपत्ता भएका हुन् ।
विकले चौध महिनाअघि दाङ तुल्सीपुर नगरपालिका– १८ की गायत्री कुमालसँग विवाह गरेका थिए । श्रीमती भेट्न ससुराली गएका विक बेपत्ता भएपछि उनका आफन्तले ससुराली पक्षले नै बेपत्ता पारेको आरोप लगाइरहेका छन् ।
विवाह भएको पाँच महिनासम्म बझाङ बसेर माइतीघर दाङ हिँडेकी गायत्री बझाङ फर्किन नमानेपछि लिन गएका छोरा ससुरालीबाट बेपत्ता भएको उनका बुबा हरि विकले बताए । लक्ष्मण र गायत्रीको फोनमा समेत झगडा हुने गरेको थियो । छोरालाई ससुराली बोलाएर ससुराली पक्षले नै बेपत्ता पारेको उनको आरोप छ ।
श्रीमती लिन ससुराली हिँडेका लक्ष्मण बेपत्ता भएपछि खोजीको लागि दाङ प्रहरीमा उजुरी दिए पनि हालसम्म केही पत्ता नलागेको बताउदै परिवार चिन्तित भएका छन् ।
काठमाडौँमा रहेका लक्ष्मणलाई माघको पहिलो सातातिर गायत्रीले नै फोन गरेर लिन आऊ भनेर फोन गरेको उनका दाइ गणेश विकले बताए । उनले भने, ‘बुहारीले नै लिन आऊ भनेर फोन गरेर बोलाएकी हुन्, हालसम्म पनि भाइको अत्तोपत्तो छैन । माइती पक्षले नै बेपत्ता पार्यो कि भन्ने शंका उत्पन्न भएको छ ।’ अहिले भने खोजतलास जारी नै रहेको बाताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस