स्वास्थ्य

विश्वमा ७ करोड ६६ लाख ३२ हजार बढीले हराए कोरोनाभाइरस, थप ०.४ प्रतिशतको अवस्था गम्भीर

काठमाडौँ । विश्वमा कोरोनाभाइरसको संक्रमण १० करोड ४९ लाख ४ हजार ५२९ जनामा पूग्दा ७ करोड ६६ लाख ३२ हजार ३२२ ले भाइरसलाई हराएका छन् । तर २२ लाख ७८ हजार ४७१ जनाको भने मृत्यु भएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको यो समाचार तयार पार्दासम्मको तथ्यांकनुसार विश्वमा अहिले भाइरसका २ करोड ५८ लाख ४९ हजार ७११ सक्रिय केशमध्ये १ लाख ६ हजार ५११ अर्थात ०.४ प्रतिशतको अवस्था गम्भीर छ ।

नेपालमा अहिले कोभिड खोप अभियान चलिरहेको छ । अहिलेसम्म देशमा भाइरस संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ६७ हजार ६५ छ । तर २ हजार ३१ जनाको मृत्यु भएको छ । देशमा अहिले सक्रिय संक्रमितको संख्या २ हजार ३३५ मात्र छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत