स्वर्गीय धन बहादुर गायकको स्मृतिमा शोक सभा
- गाउँ सहर संवाददाता
- २१ माघ बुधबार, २०७७ | २१:२९:०० मा प्रकाशित
पोखरा । पोखरामा स्वर्गीय धन बहादुर गायकको स्मृतिमा शोक सभा गरिएको छ । बुधबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा उक्त शोक सभा सम्पन्न भएको हो ।
शोक सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले धनबहादुर गायकको पार्थिव शरिर आज नरहे पनि साधना र सिर्जनाले अमर बनाइरहने बताए । उनले आफुले २०३५ ०३६ साल तिर डाँफे कला मन्दिरमा गायकले मादल बजाएको देख्दा नै मन्त्रमुग्ध भएको स्मरण गरे । अर्थमन्त्री गुरुङले पछिल्लो समय भाइरल भन्ने शब्दले सच्चा कलाकार मारमा परेको बताएका छन् ।
अर्थमन्त्री गुरुङले भाइरल दुई चार दिनको मात्र हुने तर साधना, त्याग र तपस्याले आएको सिर्जना वर्षौ यादगार रहने धारणा प्रस्तुत गरे । उनले कलाकारको हितका लागि गण्डकी प्रदेशमा रोयल्टी संकलन अभियानलाई पूर्ण रुप दिन आफुले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
गण्डकी प्रदेशका सांसद राजीव पहारीले धनबहादुर गायकको निधनले समग्र नेपाली संगीत क्षेत्रमा नै अपुर्णिय क्षति भएको बताए । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले धन बहादुर गायकका सिर्जनाले समाज रुपान्तरणमा टेवा पु-याएको औंल्याए । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले स्वर्गीय धनबहादुर गायक पोखराकै पहिचान भएको बताएका छन् ।
कार्यक्रममा भूमि व्यवस्था सम्बन्धी आयोगका संयोजक दामोदर वैरागीले धनबहादुर गायक परिस्थिति अनुसार सिर्जनालाई प्रस्तुत गर्न सक्ने कलाकार भएको बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष वर्तमान संरक्षक प्राज्ञ प्रजापती पराजुलीले धनबहादुर गायकसँग आफ्नो भेट २०३७ सालमा भएको बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले आफू स्याङजा देखि पोखरा आएर संघर्ष गर्दा अभिभावकको रुपमा धनबहादुर गायक पाएको स्मरण गरे ।
कार्यक्रममा सम्पूर्ण सह-आयोजक संस्थाको तर्फबाट सप्तरङ्गी सांस्कृति प्रतिष्ठानका अध्यक्ष लोक गायक पदमराज ढकालले बोलेका थिए । स्व.धनबहादुर गायकका छोरा दिलिप गायकले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई साराङ्गीको रानी बाजा सहयोग स्वरुप हस्तान्तरण गरे । शोक सभामा स्व. धनबहादुर गायकका विषयमा प्रतिष्ठानका पूर्व अध्यक्ष वर्तमान संरक्षक लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले चर्चा गरेका थिए ।
स्व. धनबहादुर गायक ‘नरोउ मायालु....’, ‘बेली र चमेली...’, ‘फुल मायामा नभुल..’ लगायतका गीतका सर्जक हुन् । उनले झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला प्रतिष्ठान मार्फत मादल र साराङ्गीको प्रशिक्षण गराउँदै आएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस