नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा
- गाउँ सहर संवाददाता
- २१ माघ बुधबार, २०७७ | २१:१९:०० मा प्रकाशित
काठमाडाैं । नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा पोखरामा भएको छ ।
बुधबार संघ केन्द्रिय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको पूर्व सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले समर्थन गरका हुन् । संघका केन्द्रिय अध्यक्ष देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा बस्नेतले समर्थन जनाएका हुन् ।
संघको केन्द्रिय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल (नेपालगञ्ज), महासचिव सुवोध प्रधान (चितवन), सचिव विरबहादुर खड्का (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), मनिष जोशी (काठमाडाैं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरिएकाे छ ।
सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रविमहर्जन (ललितपुर), पञ्चबहादुर तामाङ 'विजय' (काठमाडौं), बच्चन कार्की, पंकज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) लाई मनोनित गरेको छ ।
संघले बुधबार ७ प्रदेशका संयोजक पनि घोषणा गरको छ । प्रदेश १ बसन्तराज अर्याल, प्रदेशमा २ मा बैजनाथ यादव, बाग्मतीमा दिपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुमि्बनीमा नरेन्द्र थापा, कर्णालीमा हरीबहादुर विष्ट र सुदुपशि्चममा श्याम विष्टलाई मनोनित गरिएको छ ।
कार्यक्रममा बोल्दै लोकतानि्त्रक खेलकुद संघका विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निस्क्रिय रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अब जाग्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण के.सी, कांग्रेसका नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, खेलकुद विभाग महासचिव मिमकिशोर महर्जन, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, क्षेति्रय सभापती मधु बास्तोला र नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले बोलेका थिए ।
खेलकुद क्षेत्रमा भएको विकृति विसंगति हटाउनका लागि लोकतन्त्र प्रेमी खेलाडी हरुलाई समेट्दै २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस