वातावरण

बिहिबार : कतै वर्षा-कतै हिमपात, तराईका भू-भागहरुमा हुस्सु/कुहिराे

काठमाडाैँ । बिहिबार देशका विभिन्न स्थानमा बदली, वर्षा साथै केहि स्थानमा हिमपातकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार माघ २२ गते (बिहिबार) यस्ताे छ माैसम

दिउसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली  साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ ।

राती: देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपाको सम्भावना छ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

साथै प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका भू-भागहरुमा हुस्सु/कुहिराे लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुराेधसमेत गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत