स्वास्थ्य

पछिल्लाे २४ घण्टामा १४२ काेराेना संक्रमित थपिए, २०६ जना संक्रमणमुक्त, थप एकजनाको मृत्यु,

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ५९७ जनाको पीसीआर परीक्षण गरिएकोमा १४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ४३१  पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।

हाल क्वारेन्टिनमा ९५ जना छन् भने आइसोलेसनमा दुई हजार ३३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत