अर्थतन्त्र

शेयर बजारमा करेक्सन, ९ अर्ब ५३ करोड बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन बुधबार सामान्य अंकले करेक्सन आएको छ । हिजो (मंगलबार) नेप्से ६५.४९ अंकले बढेको थियो । 

नेप्सेका अनुसार आज नेप्से ६.८१ अंकले घटेर दुई हजार चार सय ६६ दशमलब ९२ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहि समयमै नेप्से उच्च विन्दुमा पुगेको थियो ।  

त्यस्तै, आज बजार करेक्सन भए पनि काराबार भने उच्च नै भएको छ । आज ९ अर्ब ५३ करोड बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा समूहबाहेकक अन्य सबै समूह घटेका छन् ।  

गाउँ सहर डेस्क

तपाईँको मत