प्रविधि

अब ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट 

काठमाडौँ । अब ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट गर्न सकिने भएको छ । ट्राफिक नियम उल्लङ्गन गरे बापतको जरिवाना कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि उक्त सेवा शुभारम्भ गरेको जनाएको छ । उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त भुक्तानीको लागि सेवाग्राहीले www.connectips.com मा लग इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबोर्डमा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ ।

त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाका मोबाईल —इन्टरनेट बैंकिङ्ग एवम् अन्य आबद्ध पिएसपि वालेट मार्पmत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ । कनेक्ट आईपिएस ईपेमन्ट प्रणालीमा ५३ बैंक तथा वित्तिय संस्थाहरु सदस्यको रुपमा आबद्ध छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत